कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

गायिका दिलमाया सुनार मृत फेला 

घटना शंकास्पद देखिएको प्रहरीको भनाइ

काठमाडौँ — लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन् । काठमाडौंको नेपालटारमा भाडामा बस्दै आएकी उनी शनिबार बिहान कोठामै मृत फेला परेकी हुन् ।

गायिका दिलमाया सुनार मृत फेला 

शनिबार बिहान उनले फेसबुकमा आफू जीवनदेखि हारेको भन्दै स्टाटस समेत लेखेकी थिइन् । 'जिन्दगीको उतारचढाव धेरै भोगें । तर म जान्नी भएँ । म एक्लो भएँ । कसै को माया पार्न जति कोसिस गरे पनि पाउन सकिनँ तर पनि हार खाइनँ । तर अहिले धेरै गाह्रो भयो । बाँचेर पनि दिनदिनै मर्न सकिनँ,' उनले स्टाटसमा लेखेकी छन्, 'म थाकें । धेरै थाकें । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ ।'

प्रहरीले सुनारको शव पोस्टमार्टमका लागि पठाइसकेको छ । प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । सुनारको मृत्यु शंकास्पद रूपमा भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । 'शंकास्पद मृत्यु देखिएको छ । केही मानिसहरुसँग सोधपुछको सिलसिलामा सूचना संकलन गर्दैछौं,' उनले भने ।

प्रकाशित : असार १२, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?