प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमालेको माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमालेको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए । 

'प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भएको जनगुनासो छ । महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साझी प्रतिनिधिसभा हुनुहुँदैन,' अधिकारीले भने, 'आजै समितिमा लगैर छानबिन र सुनुवाइ होस्, अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुनेछ । '

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै जबरा निलम्बनमा परेका छन् । गत फागुनमै जबरामाथि महाअभियोग लगाएको भएपनि त्यस अघि बढ्न सकेको छैन ।

प्रकाशित : असार १२, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्

उपसभामुख र उपाध्यक्ष चयनको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समयदेखि रिक्त रहेको उपसभामुख पदलाई छिटो पूर्णता दिन प्रतिनिधि सभामा सांसदले ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिक्त पदमा छिटो पूर्ति गर्न माग गरिएको छ ।

उनले तत्काल राष्ट्रिय सभाका उपाध्यक्षको पनि छिटो चयन गर्न माग गरेकी छन् । प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनले राजीनामा दिए । त्यसपछि नयाँ सभामुख चयन गर्ने प्रक्रियामा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले तीन वर्षअघि राजीनामा दिएपछि उक्त पद खाली छ ।

राष्ट्रिय सभामा भने उपाध्यक्ष शशिकला दाहालको गत फागुनमा पदावधि सकिएपछि उक्त पद खाली छ ।

प्रकाशित : असार १२, २०७९ १३:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×