कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख गोयलको कार्यकाल एक वर्ष थप

काठमाडौँ — भारत सरकारले बाह्य गुप्तचार संस्था 'रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ)'का प्रमुख सामन्तकुमार गोयलको कार्यकाल एक वर्ष थपेको छ । भारतीय मन्त्रिपरिषद्को नियुक्त समितिले गोयलको कार्यकाल एक वर्ष थप्ने निर्णय गरेको हो ।यो निर्णयसँगै गोयल २०२३ जुन ३० सम्म 'रअ'को प्रमुख हुनेछन् ।

भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख गोयलको कार्यकाल एक वर्ष थप

सन् १९८४ पञ्जाब ब्याचका आइपिएस अफिसर्स गोयल सन् २०१९ जुनमा ३ वर्षका लागि 'रअ'को प्रमुख बनेका थिए । २०७७ कातिकको पहिलो साता गोयलले नेपाल भ्रमण गरेका थिए । उनको उक्त भ्रमण निकै बिबादमा परेको थियो ।

गोयलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा नै छलफल गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा नेपाल आएका उनलाई तत्कालिन प्रधानमन्त्री ओलीले बालुवाटारमा नै एकल भेट गरेपछि राजनीतिक बृत्तमा तरंग आएको थियो । विषेश गरी तत्कालिन नेकपा छिन्नभिन्न हुने विभिन्न मध्ये गोयललाई ‌ओलीले बालुवाटारमै गरेको भेट पनि एउटा कारण थियो ।

यसैगरी भारतले 'इन्टलिजेन्स ब्यूरो' को प्रमुखमा तपनकुमार डेकालाई नियुक्त गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?