काठमाडौं महानगरको चालु खर्च करिब २२ प्रतिशतमात्रै

काठमाडौँ — काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा करिब २२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । उपमेयर सुनिता डंगोलले शुक्रबार आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा चालु आर्थिक वर्षको ११ महिनामा महानगरले ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ मात्रै खर्च गरेको जानकारी दिइन् ।

काठमाडौं महानगरको चालु खर्च करिब २२ प्रतिशतमात्रै

जुन कुल विनियोजनको २१.६३ प्रतिशत मात्रै हो । महानगरले चालु आर्थिक वर्षका लागि १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये पूँजीगत एवं पूर्वाधार तर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार र वित्तीयतर्फ १८ करोड खर्च भएको छ ।

महानगरपालिकाले मसान्तसम्ममा आन्तरिक श्रोतबाट ३ अर्ब ९९ करोड २६ लाख ५१ हजार ९ सय २८ आम्दानी गरेको छ भने बाह्य आम्दानीतर्फ ४ अर्ब ८१ करोड २३ लाख ३९ हजार ८ सय ७० आम्दानी गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?