२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

माधव नेपाललाई एमाले सचिव भट्टराईको प्रश्न– 'पश्चाताप र आत्मबोध कहिले ?'

काठमाडौँ — नेकपा एमाले सचिव योगेश भट्टराईले पार्टी विभाजनको समयमा चिनेको खेलाडीहरु माधवकुमार नेपाल र झलनाथ खनालले चिन्दै जाने बताएका छन् । एकीकृत समाजवादीमा देखिएको विवादको विषयमा टिप्पणी गर्दै एमाले सचिव भट्टराईले परिस्थिति अध्यक्ष नेपालको काबुभन्दा बाहिर जाने अवस्थामा पुग्न लागेको बताएका छन् । 

माधव नेपाललाई एमाले सचिव भट्टराईको प्रश्न– 'पश्चाताप र आत्मबोध कहिले ?'

'हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानु हुनेछ' सचिव भट्टराईले फेसबुकमा लेख्दै प्रश्न गरेका छन्, 'आत्माबोध र पश्चातप : सिर्फ कहिले ?'

भट्टराईले एमाले विभाजनकै समयमा अध्यक्ष नेपाललाई छुट्टिने पल गरेको कुनै पनि परिस्थित काबुभन्दा बाहिर जाने भनेर त्यस समयमा भनेको स्मरण गराएका छन् । 'एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ,' भट्टराईले लखेका छन् । एमालेभित्र विवाद हुँदा नेपाललाई साथ दिँदै आएका भट्टराईसहितका नेताहरु १० बुँदे सहमति गरेर विभाजनबाट सहभागी भएका थिएनन् ।

प्रकाशित : असार १०, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?