१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौँ — नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको विरोधमा बिहीबार बेलुकी युवा संघले बुद्ध नगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुसहित प्रदर्शन गरेको हो ।

मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन

प्रदर्शनमा सहभागीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे लगायत नारा लगाएका थिए । पछिल्लो चरणमा भएको मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल, मट्टितेल १ सय ९२ पुगेको छ । इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्न, यातायातलगायत क्षेत्रमा पनि महँगी बढेको छ ।

प्रकाशित : असार ९, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?