२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

डेरामा विभेद प्रकरण : भक्तपुर प्रहरीमा छुवाछूत कसुरमा मुद्दा दर्ता

भक्तपुर — दलित भएकै कारण घरबेटीबाट जातीय भेदभावमा परेकी मुना दयाल भनिने सम्झना विश्वकर्माले घरबेटीविरुद्ध जाहेरी दर्ता गराएकी छन् । बुधबार जाहेरी लिन नमानेको जिल्ला प्रहरी परिसर भक्तपुरले बिहीबार मुनाले घरबेटीकी छोरी कविता रायमाझी, उनकी आमा र बाबुविरुद्ध दिएको जाहेरी दर्ता गराएको हो ।

डेरामा विभेद प्रकरण : भक्तपुर प्रहरीमा छुवाछूत कसुरमा मुद्दा दर्ता

प्रहरी निरीक्षक लोकबहादुर जिसीले मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा ४ को उपदफा (३) बमोजिम जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुर मुद्दा दर्ता भएको जानकारी दिए । बुधबार जाहेरी पत्र लिएर पुगेकी मुनालाई प्रहरीले मुद्दा दर्ता नगरी फर्काएको थियो । फौजदारी मुद्दा भएपनि प्रहरीले पीडकलाई बोलाएर छलफल गर्ने र मिलापत्र गराउने प्रयास गरेको थियो ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्ने समाचार यसअघि ईकान्तिपुरमा प्रकाशित भएपछि प्रहरीले बिहीबारै पीडितलाई बोलाएर मुद्दा दर्ता गरेको हो । प्रहरीले पीडकलाई समेत परिसरमा बोलाएर सोधपुछ गरेको छ ।

छोराछोरी पढाउन ओखलढुंगादेखि काठमाडौं आएकी मुनालाई गत जेठ २५ गते घरको कोठामा कार्पेट ओछ्याएर खाटसमेत राखिसकेको अवस्थामा रायमाझी परिवारले दलित भन्ने थाहा पाएपछि आफ्नो घरमा बस्न नपाउने भन्दै निकालेका थिए । मुनाले १६ जेठमै त्यो घरमा कोठा बस्ने पक्कापक्की गरेकी थिइन् ।

प्रकाशित : असार ९, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?