कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सबै जातजातिको भाषा र साहित्यलाई जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सबै जातजातिको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । उनले त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले विगतदेखि काम गर्दै आएको भन्दै भाषा साहित्य संरक्षणको कार्यलाई थप अघि बढाउन आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव समारोह तथा राष्ट्रिय कविता महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले प्रतिष्ठानका लागि आर्थिक अभाव हुन नदिने बताए ।

सबै जातजातिको भाषा र साहित्यलाई जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा

‘प्रज्ञा प्रतिष्ठानले मुलुकको ज्ञान-विज्ञान, साहित्य‚ कला र भाषा संस्कृतिको विकासका लागि विगतदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ; यसले स्वदेशभित्र मात्रै होइन, हाम्रो भाषा साहित्यलाई विदेशमा समेत चिनाउन अग्रणाी भूमिका निभाएको छ,’ उनले भने, ‘प्रतिष्ठानलाई कुनै आर्थिक संकट हुनु हुन्न । त्यसका लागि सरकारले के गर्न सक्छ ? कति हुन्छ सरकारको तर्फबाट आर्थिक सहयोग उपलब्ध हुनेछ ।’

उनले प्रतिष्ठानलाई नेपालका सबै समुदायको भाषा, साहित्य र कलालाई संरक्षण गर्दै थप अघि बढाउन आग्रह गरे ।

‘प्रतिष्ठानले वृहत् शब्दकोष तयार पारी प्रकाशन गर्न लागेको सुन्दा खुसी लागेको छ । त्यस्तै बजारमा उपलब्ध हुन छाडेका पुराना प्रकाशनहरूलाई पुनः बजारमा ल्याउन लागेको समेत सुनेँ; यी कामका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

प्रकाशित : असार ९, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?