कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लेवनानका राष्ट्रपतिसँग प्रधानसेनापति शर्माको भेटवार्ता

काठमाडौँ — नेपाली शान्ति सैनिकहरूको काम अवलोकन गर्न लेवनान पुगेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिसेल अउनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

लेवनानका राष्ट्रपतिसँग प्रधानसेनापति शर्माको भेटवार्ता

शर्मा असार ४ मा लेवनान प्रस्थान गरेका थिए । उक्त भेटवार्ताको क्रममा लेवनानद्वारा नेपाली शान्ति सैनिकहरूको योगदान, विशेषगरी त्यहाँको शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकहरूले गरेको बलिदानको प्रशंसा गरेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रपति अउनले लेवनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरूबीच उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरूमा नेपाली शान्ति सैनिकहरूले पुर्‍याएको योगदानको समेत उच्च प्रशंसा गरेको सेनाले जनाएको छ ।

सोही क्रममा प्रधान सेनापति शर्माले नेपालका राष्ट्रपतिको तर्फबाट लेवनानका राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाएको सद्भावना सन्देश जानकारी दिएका थिए ।

शर्मा लेवनानको ५ दिने औपचारिक भ्रमण सकेर सिनिया प्रस्थान गरेका छन् । उनी सिरियाबाट अमेरिकाको औपचारिक भ्रमणमा निस्कने छन् ।

प्रकाशित : असार ८, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?