कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हैजा रोकथाम गर्नका लागि छानबिन समिति गठन

काठमाडौँ — हैजा रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य काठमाडौँले छानबिन समिति गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको छ ।

टोलीमा प्रयोशगालाका प्रतिनिधि, जनस्वास्थ्यकर्मी, महानगरपालिकाको स्वास्थ्यकर्मी लगायतका सदस्यहरु रहेका छन् ।

अधिकारीले हैजा संक्रमणको कारक तत्व के हो भनेर जान्नको लागि टोली गठन गरिएको बताए । उनले खानेपानीमै समस्या हुनसक्ने भनेर प्रारम्भिक नतिजा आइसकेको र थप परीक्षणको नतिजाको लागि परिणाम कुरिरहेको जनाए ।

उनले भने–‘हामीले हैजा पुष्टि भएको ठाउँको नमुना संकलन गरिरहेका छौँ । कस्तो पानी तथा खानेकुरा खाइरहेका छन् जाँच गरिरहेका छौँ । बागबजारको केसमा उनीहरुले धाराको पानी सोझै खाने गरेको पाइयो । उक्त पानीमा दिसा मिसिएको भन्ने रिपार्टहरु आएको छ । पानीको कारणले नै हुनसक्ने देखिएको छ ।’

हालसम्म काठमाडौँमा ४ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ। पुष्टि हुनेमा २ जना बागबजार, डिल्लीबजार र एक जना सानेपाका रहेका छन् । ‘संक्रमण फैलिरहेको हुन सक्छ । सबैले पानी उमालेर वा पानी शुद्धिकरण गरेर खानुहोला,’ उनले भने ।

उनले यस समयमा पानीको सप्लायरहरुले तथा जारकाे पानी बेच्नेले पनि सजग हुनुपर्छ र पानी राम्ररी प्रशोधन गरेर मात्र विक्रिवितरण गर्न आग्रह गरे ।


प्रकाशित : असार ८, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?