न्यायपरिषद्को बैठक सुरु


काठमाडौँ — काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउनका लागि भएको छलफलको अडियो बाहिरिएपछि त्यसबारे छलफल गर्न बोलाइएको न्यायपरिषद्को बैठक सुरु भएको छ ।

न्यायपरिषद्को बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सर्वोच्चका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरला र न्यायापरिषद्का सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन् ।
न्यायपरिषद् बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरू राजकुमार कोइराला र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने बताइएको छ ।
बैठकले जिल्ला न्यायाधीश कोइरालाका सम्बन्धमा भने ठोस निर्णय लिने जानकारी दिइएको छ ।
