कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लेवनानका प्रधानमन्त्रीसँग सेनापति शर्माको भेटवार्ता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नजिब अज्मी मिकातीसँग भेटवार्ता गरेका छन् ।

लेवनानका प्रधानमन्त्रीसँग सेनापति शर्माको भेटवार्ता

लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरूको अवस्था अवलोकन गर्न गएका प्रधानसेनापति शर्माले प्रधानमन्त्री मिकातीसँगै त्यहाँका रक्षा मन्त्री, सभामुख र लेवनान सशस्त्र फोर्सका जनरलसँग पनि भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका दौरानमा नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीच सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरूमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

लेवनानपछि शर्मा सिरिया र त्यसपछि अमेरिका भ्रमण गर्ने छन् ।

प्रकाशित : असार ७, २०७९ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?