मेयर बालेन्द्रद्वारा चुनावी खर्च सार्वजनिक

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावी खर्च सार्वजनिक गरेका छन् । सोमबार मेयर शाहले स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

मेयर बालेन्द्रद्वारा चुनावी खर्च सार्वजनिक

उनले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

निर्वाचनमा मतदाता नामावाली खरिदका लागि १ हजार‚ सवारीसाधनमा ९२ हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रचारप्रसार सामग्रीमा ९२ हजार ८५‚ ढुवानी खर्च २ हजार ५ सय‚ गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको बताइएको छ ।

कार्यालय सञ्चालनमा १७ हजार २ सय ५० र विविधमा २८ हजार ५ सय गरी कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

सामाजिक सञ्जाल र निर्वाचनको दिन प्रतिनिधि परिचालनमा भने खर्च नभएको विवरणमा उल्लेख छ ।

No photo description available.

प्रकाशित : असार ६, २०७९ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?