१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीले मन्त्रीहरू छिट्टै परिवर्तन गर्छु भन्नुभएको छ : नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिए । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीले मन्त्रीहरू छिट्टै परिवर्तन गर्छु भन्नुभएको छ : नेपाल

बैठकपछि सम्पादकहरूसँगको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीमा पहिले भएको सहमति बमोजिम नै मन्त्रीहरू फेरबदल गर्ने निर्णय भएको बताए ।

‘मन्त्रीहरू फेरबदलको विषयमा हामीले निर्णय गर्ने काम गरिसकेका छौँ । हामीले अहिलेका मन्त्रीहरूलाई छ महिनाको लागि मात्रै पठाएका हौँ । छ महिनाभन्दा पहिले नै पनि मन्त्री परिवर्तन गर्ने कि भनेर चर्चा नचलेको पनि होइन, छ महिनासम्म त काम गर्न दिनुस् भनेर पनि उहाँहरूले नै भन्नुभएको हो, अहिले छ महिनामात्रै होइन, आठ महिना पुगेपछि हामीले परिवर्तन गर्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘मन्त्री फेरबदलमा केही ढिलाइ भइरहेको छ ।’

उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केही दिन समय मागेपछि मन्त्रिमण्डल हेरफेर गर्न ढिलाइ भएको बताए ।

‘कांग्रेस र माओवादी केन्द्रले केही दिन पर्खिन माग गरेकाले केही दिन पर्खिएका हौँ । आज पनि त्यसबारे छलफल भयो । प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्छु भन्नुभएको छ,’ उनले भने ।

प्रकाशित : असार ५, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?