३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपालको संवेदनशीलता अनुसार नचल्नेलाई राेक लगाउनुपर्छ : अध्यक्ष नेपाल

'एसपीपीसँगको संलग्नता के हाे ? दस्तावेजकाे वास्तविकता के हाे ? याे तथ्य स्पष्ट हुनुपर्छ ।'

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हाे कि हाेइन भन्ने स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।

नेपालको संवेदनशीलता अनुसार नचल्नेलाई राेक लगाउनुपर्छ : अध्यक्ष नेपाल

शुक्रबार अन्तर्राष्ट्रिय समितिको छलफलका क्रममा नेता नेपालले एसपीपी विवादमा आएको बताए । 'एसपीपीबारे छलफल गर्नुपर्छ । २०७२ कार्तिक १० गते भएकाे रहेछ । कुन प्रधानमन्त्री र रक्षामन्त्रीकाे पालामा भएको भन्ने स्पष्ट हुनुपर्छ । काे जाेडिने काे नजाेडिने यथार्थ हुनुपर्छ, 'उनले भने, 'अर्को कुरा नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हाे कि हाेइन भन्ने स्पष्ट हुन जरुरी छ । हामीले खुट्टा कमाउने हाेइन । नेपालकाे संवेदनशीलता अनुसार नचल्नेलाई नेपालमा राेक लगाउनुपर्छ ।'

एसपीपीसँगको संलग्नता के हाे भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ? 'एसपीपीसँग संलग्नतामा के हाे ? दस्तावेजकाे वास्तविकता के हाे ? याे तथ्य स्पष्ट हुनुपर्छ,' उनले भने ।

नेपाल कुनै पनि सैन्य गठबन्धनमा जाेठिन सक्दैन भन्नका लागि अलमलाउनुपर्ने आवश्यकता नरहेको उनले बताए । उनले भने, 'प्रधानमन्त्रीले एसपीपीमा सही गर्ने प्रश्नै उठ्दैन भन्नुभएको छ । कसैले भनेपनि मान्दैन भन्ने उहाँको अडान सुनेर खुसी भए । उत्तरी सीमामा तालिम गर्न दिने कुरै उठ्दैन भन्नुभएको छ।'

आफ्नो पार्टी एकीकृत समाजवादी राष्ट्रिय हितमा दृढ भएर उभिनुपर्छ भन्नेमा रहेको उनले बताए । उनले भने, 'कुनै दबाब वा फकाएकाे आधारमा, नशामा वन मिठाइमा नफसिकन राष्ट्रिय हितलाई ध्यानमा राखेर जानुपर्छ भन्नेमा पार्टी स्पष्ट छ ।'

प्रकाशित : असार ३, २०७९ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?