कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एसपीपी सेनालाई मान्य छैन : प्रधानसेनापति

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताएका छन् । प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।

एसपीपी सेनालाई मान्य छैन : प्रधानसेनापति

'एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन,' प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने बताए ।

सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियाे । 'मानवीय सहयोगका लागि चिठी लेखेको हाे सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने हाेइन,' उनले भने ।

एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजाेडिने स्पष्ट भाषामा भनिएकाे प्रधानसेनापति शर्माले बताए ।

प्रकाशित : असार ३, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?