२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनशन

काठमाडौँ — न्यायकाे माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महाेत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् । बिहीबार निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।

५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनशन

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पाैडेल खतिवडाकाे पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाँणकाे हातबाट जुस पिएर अनसन ताेडेकी हुन् ।

दुई पक्षबीच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाको छाेराकाे डीएनए परीक्षणकाे कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनकाे छाेराकाे सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री न्याय बनाउन पहल गर्नेलगायत सहमति भएकाे छ ।

सहमतिपत्रमा गृहका सहसचिव शिवराम पाेखरेल, उपसचिव वसन्त भट्टराई, निहारिका, सावित्री सुवेदी, सुनिता गाैतम र लाेग्शरी कुवरले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : असार ३, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?