कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एसपीपी सम्झौता भए नेपाल युक्रेनको स्थितिमा पुग्छ : सांसद पौडेल

काठमाडौँ — राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौता भए नेपाल युक्रेनको स्थितिमा पुग्ने बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएकी हुन् ।

एसपीपी सम्झौता भए नेपाल युक्रेनको स्थितिमा पुग्छ : सांसद पौडेल

सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न गर्ने भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताएकी छिन् । अमेरिकी दूतावासले एसपीपी सम्झौता पहिले नै भइसकेको भनेर विज्ञप्ति निकालेको र नेपाली सेनाले सो विज्ञप्तिको खण्डन गरेको उल्लेख गर्दै उनले यस सम्बन्धमा प्रधानमन्त्रीले आधिकारिक कुरा स्पष्ट पार्नुपर्ने पनि बताइन् ।

इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले त्यसमा नेपाल गएमा अमेरिका र चीनको द्वन्दमा नेपाल फस्ने उनको भनाइ थियो ।

प्रकाशित : असार २, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?