पाँच दिनदेखि अनशनरत निहारिकाको अपिल- ‘मेरो न्यायका लागि सबैले बोलिदिनुहोला’

उनीसँगै बसेका ओझा र शर्माले अनशन तोडे

काठमाडौँ — न्यायको माग गर्दै पाँच दिनदेखि काठमाडौंको बसन्तपुरमा अनशनरत अविवाहित आमा निहारिका राजपुतले आफ्नो न्यायका लागि सहयोग गरिदिन अपिल गरेकी छन् । महोत्तरीको जलेश्वर नगरपालिका–८ की निहारिका २१ महिनाको छोरासहित गत शुक्रबारदेखि आमरण अनशनमा बसेकी छिन् ।

पाँच दिनदेखि अनशनरत निहारिकाको अपिल- ‘मेरो न्यायका लागि सबैले बोलिदिनुहोला’

आफू १७ वर्षको हुँदा धनुषाको क्षिरेश्वर नगरपालिका–३ का शिवराज श्रेष्ठले औषधि खुवाएर बलात्कार गरेको र त्यही कारण आफू गर्भवती भई छोरा जन्मिएको उनको भनाइ छ । ‘म पाँच दिनदेखि म र मेरो बच्चाको न्यायका लागि आमरण अनशनमा छु, मलाई सबैले सहयोग गरिदिनुहोला, मेरो न्यायको लागि सबैले बोलिदिनुहोला,’ उनले भनेकी छिन्, ‘जबसम्म मेरो बच्चा र मैले यो समाजमा इज्जतले हिँड्ने वातावरण हुँदैन, त्यो दिनसम्म म संघर्ष गरिरहनेछु ।’

उनले यो लडाइँ आफ्नोमात्रै नभई आफूजस्तै हजारौँ महिलाले न्याय पाउने वातावरण सुनिश्चितताका लागि भएको बताएकी छिन् । ‘दोषीलाई छिटोभन्दा छिटो कारबाही होस् मेरो यही माग हो,’ उनी भन्छिन्, ‘म धेरै बोल्न सक्ने अवस्थामा छुइनँ । बोल्न पनि गाह्रो भइरहेको छ ।’

निहारिकाको न्यायका लागि ऐक्यबद्धता जनाएर अनशन बसेका जस्मिन ओझा र देव शर्माले मंगलबार अनशन तोडेका छन् । निहारिकाका तर्फबाट राज्य पक्षसँग वार्ताका लागि असहज भएको भन्दै सबैले अनशन तोड्न आग्रह गरेपछि आफूले अनशन निहारिकाकै हातबाट अनशन तोडेको ओझाले बताइन् ।

अधिकारकर्मी मोहना अन्सारीका अनुसार मंगलबार गृहमन्त्री बालकृष्ण खाँण र अधिकारकर्मीबीच छलफलपछि सरकार निहारिकाको मुद्दा सम्बोधन गर्न तत्पर रहेको छ । त्यसबारे बुधबार वार्ताको तयारी भइरहेको छ ।

यो पनि पढ्नुहोस् :-

प्रकाशित : जेष्ठ ३१, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?