कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बजेट निर्माणमा सांसदको कुनै भूमिका छैन : सांसद झा

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले बजेट निर्माणका क्रममा सांसदहरूको कुनै भूमिका नरहेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा झाले सांसद पदको अपमान गरिएको बताए । 

बजेट निर्माणमा सांसदको कुनै भूमिका छैन : सांसद झा

सरकारले प्रस्तुत गरेको बजेटमा सबै सांसदसँग सल्लाह नगरेको सांसद झाले बताए । बजेट निर्माणमा सांसदहरूको पनि सक्रिय भूमिका बनाउन संसद् र सरकारले ध्यान दिनुपर्ने उनको धारणा थियो ।

सांसदहरूले भनेका योजना र नीति बजेटमा नराखिएको झाको भनाइ थियो । 'जनताबाट प्रत्यक्ष निर्वाचित हुने सबभन्दा ठूलो जिम्मेवारीको पद मानिन्छ, सांसदहरूको यो बजेट निर्माणमा के भूमिका छ ? कुनै भूमिका छैन,' उनले भने, 'सांसदहरूले के यो बजेटको किताबमाथि मेरो पनि यसमा संलग्नता छ, मैले भनेका चिजहरू पनि यसमा संलग्न छन् भन्ने कुनै ठाउँ छ ? कुनै पनि ठाउँ छैन । त्यसैले सम्पूर्ण सांसदहरूको, सिंगो संसद्को यसमाथि स्वामित्व रहनुपर्छ । म बडो लज्जासाथ भन्न चाहन्छु कतिपय मामिलामा आजका हामी सांसदहरूभन्दा वडाध्यक्षहरूलाई आम जनताले बढी क्रियाशील रहेको देख्छ । यो ग्राउन्ड रियालिटी हो । यो कुरालाई यो संसद्‌ले यो सरकारले नोट गर्नुपर्दछ ।’

प्रकाशित : जेष्ठ २९, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?