१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एक व्यक्ति प्रसारण लाइनमा चढेपछि त्रिशूली-३ 'ए' को उत्पादन बन्द

नुवाकोट — जिल्लाको ककनी गाउँपालिका ७ स्थित प्रसारण लाइनमा एक व्यक्ति चढेपछि विद्युत् सेवा अवरुद्ध भएको छ । बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर त्रिशूली-३ 'ए' को प्रसारण लाइनमा उक्लिएपछि विद्युत् प्राधिकरणले उत्पादन नै बन्द गराएको हो ।

एक व्यक्ति प्रसारण लाइनमा चढेपछि त्रिशूली-३ 'ए' को उत्पादन बन्द

ती व्यक्ति मानसिक सन्तुलन ठीक नभएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार अहिले पनि बिक प्रसारण लाइनमै ओहोरदोहोर गरिरहेकाले विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । प्रहरी र स्थानीयवासीले उनलाई ओराल्न प्रयास गरिरहेको अध्यक्ष तामाङले बताए ।

तामाङले भने, 'आज बिहान ११ बजेतिर चारखुट्टे खम्बाबाट युवा उक्लिँदै गरेको देखेपछि विद्युत् प्राधिकरणलाई खबर गरेकोले दुर्घटना हुन पाएन । तर जोखिम अहिले पनि छ । '

जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिकका परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?