दवाडी, बानियाँ र ढकाललाई उपरथीको दर्ज्यानी चिन्ह

काठमाडौँ — नेपाली सेनामा बढुवा भएका तीन जना उपरथीहरु होमनाथ दवाडी, दीपककुमार बानियाँ र यामप्रसाद ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

दवाडी, बानियाँ र ढकाललाई उपरथीको दर्ज्यानी चिन्ह

उनीहरुलाई बुधबार सैनिक मूख्यालयमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरु तीनै जनालाई मन्त्रीपरिषद्को जेठ २३ को बैंठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

बढुवा भएका उपरथी दवाडी निरीक्षणाधिकृत विभागका विभायीय प्रमुख, उपरथी बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष र उपरथी ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएको सेनाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?