२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

दिल्लीबाट आएका दुई जहाज काठमाडौंको मौसम बिग्रिएपछि लखनउ डाइभर्ट

काठमाडौँ — भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका दुई जहाज काठमाडौंको मौसम बिग्रिएपछि डाइभर्ट भएका छन् ।

दिल्लीबाट आएका दुई जहाज काठमाडौंको मौसम बिग्रिएपछि लखनउ डाइभर्ट

इन्डिगो एयर र भिस्तारा एयरको जहाज भारतको उत्तर प्रदेशस्थित लखनउ डाइभर्ट गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार अपराह्न ४ बजेपछि मौसम बिग्रिँदा केही बेर उडान रोकिएको थियो ।

यससँगै जापान र कोरियाबाट आएका अन्य जहाज पनि केही समय होल्ड गर्नु परेको बताइएको छ । बुधबार दिउँसो काठमाडौंमा अचानक भारी वर्षा भएपछि यहाँको मौसम बिग्रिएको छ।

प्रकाशित : जेष्ठ २५, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?