कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवा नजिकै रात्रिबस दुर्घटना

माधव ढुंगाना

भैरहवा — जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको छ ।

भैरहवा नजिकै रात्रिबस दुर्घटना

दुर्घटनामा कति जनाको मृत्यु भयो भन्नेबारे प्रमाणित रुपमा खुल्न बाँकी छ । सुरक्षाकर्मी र स्थानीयको उद्धारमा करिब ३ दर्जन घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ ।

लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।

केसीका अनुसार अहिलेसम्म ३२ जना यात्रुलाई उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा पुर्‍याइएको छ । ‘दुर्घटनामा केही यात्रुको मृत्यु पनि भएको हुन सक्छ तर यसबारे अस्पतालबाटै प्रमाणित हुन सक्ला‚’ केसीले भने ।

प्रकाशित : जेष्ठ २२, २०७९ ०६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?