सुन्दर हरिजनको मृत्यु

मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनामा अनुसन्धान सुरु गरेको छ । बाँकेको नेपालगञ्जका सुन्दर हरिजन रोल्पाको जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेकोे अवस्थामा जेठ ४ गते मृत्यु भएकोे थियो ।

मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

घटनाको विषयमा आयोगले संवेदनशील रुपमा लिई स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने बातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घटनाका विषयमा विहीबारदेखि आयोगले स्थलगतरुपमा अध्ययन र अनुसन्धान थालेको जानकारी दिए ।

मोवाइल चोरीको आरोपमा नावालक अवस्थामा कारागार चलान गरिएका हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेको अवस्थामा मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ २०, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?