कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थानीय चुनावको समीक्षा गर्न धुलिखेलमा राप्रपाको बैठक

काठमाडौँ — स्थानीय तह निर्वाचनको समीक्षा गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलिखेलमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा आगामी प्रदेश र संघको चुनावको रणनीतिकसमेत तयार पार्ने एजेन्डा रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

स्थानीय चुनावको समीक्षा गर्न धुलिखेलमा राप्रपाको बैठक

बैठकको सुरुवात गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले दुई वटा गठबन्धनको कारण अपेक्षाकृत सफलता हात पर्न नसकेको बताएका छन् । 'दुई वटा गठबन्धनको कारणले गर्दा अपेक्षाकृत गरेअनुसार स्थान जित्न सकेनौं,' लिङ्देनलाई उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, 'पहिलेभन्दा मत बढेको छ र उपस्थिति देखिएको छ, त्यो भने सन्तोषजनक हो ।'

बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेता सहभागी छन् । प्रवक्ता श्रेष्ठले बैठक आगामी चुनावलाई लक्षित गर्दै संगठन सुदृढीकरणको विषयमा केन्द्रित हुने बताए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?