२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

'कबड्डी ४' बन्द गर्नुपर्ने भन्दै प्रदर्शन

दुर्व्यवहारका आरोपित धरौटीमा रिहा

काठमाडौँ — आफूमाथि यौन दुर्व्यवहार भएको बताउँदै आएकी अभिनेत्री मिरुना मगरविरुद्ध चावहिलको केएल टावरमा अवस्थित एफक्युब हल र नेपाल चलचित्र विकास बोर्डमा प्रदर्शन भएको छ । अभिनेत्री मगरले आइतबार एक लामाले भीडमा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै महानगरीय प्रहरी वृतमा उजुरी गरेसँगै केही व्यक्तिहरु प्रदर्शनमा उत्रेका थिए । 

'कबड्डी ४' बन्द गर्नुपर्ने भन्दै प्रदर्शन

अभिनेत्री मगरले उक्त लामामाथि गलत आरोप लगाएको भन्दै प्रदर्शनकारीहरु 'कब्बड्डी ४'को प्रदर्शन रोक्नुपर्ने भन्दै एफक्युबमा पुगे । उनीहरुले केएल टावरमा झुन्ड्याइएको फिल्मको पोस्टरसमेत जलाए ।

नियन्त्रणमा रहेका उक्त लामाको रिहाइको माग गर्दै प्रदर्शनकारीले मगरले क्षमा माग्नुपर्ने भन्दै नारा पनि लगाए । 'एकजना लामा फिल्म हेर्न गएको रहेछन् । तर, मिरुनाले उक्त लामाले आफूलाई छुयो भनेकी छन् । जब कि त्यसबारे कुनै सिसिटिभी फुटेज बाहिरिएको छैन,'प्रदर्शनमा भेटिएकी जनजाति चलचित्र संघको पूर्व उपाध्यक्ष सुकुमाया लामाले भनिन्,'उनले लामालाई थप्पड लगाएकी रहिछन् । त्यसमा हाम्रो आपत्ती छ । कब्बड्डी ४ बन्द होस् । मिरुनाले माफी माग्नुपर्छ । हाम्रो माग पूरा नभएसम्म हामी फिल्म चल्न दिँदैनौं ।'

प्रदर्शनपछि एफक्युबको मंगलबारको सबै सो रद्द गरिएको छ । फिल्मका विरतक गोविन्द शाहीका अनुसार उक्त हल बाहेक अन्य हलमा भने फिल्मको प्रदर्शन नरोकिएको बताउँछन् । प्रदर्शनकारी टिमले चलचित्र विकास बोर्डमा फिल्म चलाउन दिन नहुने भन्दै प्रदर्शन पनि गरे । मिरुनाले तुरुन्त माफी माग्नुपर्ने र उक्त लामाको रिहाइ हुनुपर्ने भन्दै आफूहरुको माग पूरा नहुञ्जेल 'कबड्डी ४'को प्रदर्शन रोक्नुपर्ने भन्दै वोर्डमा ध्यानकर्षण पत्र बुझाएकाछन् ।

आइतबार मिरुना कब्बड्डी टिमसँगै सिभिल मलमा रहेको हलमा दर्शकसँग साक्षात्कार(हल रिपोर्ट) गर्न पुगेकी थिइन् । उक्त लामाले भीडमा आफूलाई तीन पटकसम्म गलत ढंगले छोएपछि प्रतिक्रियामा थप्पड लगाएको मिरुनाले बताएकी छन् ।

'हामी सबैजना फ्यानसँग सेल्फी खिच्दै थियौं । त्यतिबेला मैले पछाडि केही महसुस गरें । त्यो भीडमा मैले प्रतिक्रिया जनाइहाले अवस्था थिएन । हल्लिने अवस्था पनि थिएन । फेरि त्यही कुरा महसुस भयो । सार्वजनिक ठाउँमा त्यस्तो हुन्छ भनेर मैले सोचेको थिइन । तेस्रो पटकमा त चिमोट्यो नै । त्यतिबेला मैले फर्केर थप्पड हानें । त्यतिबेला न म अभिनेत्री थिएँ न अरु नै । म मात्र एक महिला, मानव थिएँ,'उनले अन्तर्वाताहरुमा भनेकी छन्,'उहाँले लगाउनु भएको वस्त्र देखेपछि झनै रिस उठ्यो । मलाई थाहा छ कसरी पक्रनु भएको थियो ।'

उक्त घटनापछि आफू रोएको पनि उनले सुनाएकी छन् । उक्त घटनापछि लामालाई प्रहरीको जिम्मा लगाइदिएको मिरुनाले बताएकी छन् । 'त्यो घट्नापछि उक्त व्यक्ति आनन्दले हिँडिरहेको देखें । उनमा कुनै गल्ती अनुभव थिएन । त्यसैले मैले कानुनी रुपमा उजुरी गर्ने सोचें,'उनले भनेकी छन् ।

आइतबारदेखि प्रहरी नियन्त्रणमा रहेका उक्त लामालाई मंगलबार जिल्ला प्रशासन कार्यालयले धरौटीमा छोडेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । 'उहाँ विरुद्ध सार्वजनिक स्थलमा महिलामाथि अभद्र व्यवहार गरेको मुद्दा चलेको थियो । आवश्यक अनुसन्धान सकिएपछि जिल्ला प्रशासण कार्यालयमा पेश गर्‍यौं । अहिले उहाँ धरौटी छुट्नु भएको छ,'उनले भने । यसबारे फिल्म निर्माण टिमबाट आधिकारिक केही सार्वजनिक भएको छैन ।


प्रकाशित : जेष्ठ १७, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?