२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
तारा एयर विमान दुर्घटना

१२ वटा शव मंगलबार काठमाडौं ल्याइयो

काठमाडौँ — तारा एयरको विमान दुर्घटनास्थलबाट थप १२ यात्रुको शव मंगलबार काठमाडौं ल्याइएको छ । ती सबै शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ ।

१२ वटा शव मंगलबार काठमाडौं ल्याइयो

यसअघि सोमबार साँझ १० वटा शव काठमाडौं ल्याइएको थियो । थप १२ जनााको शव भने घटनास्थलमै संकलन गरी मंगलबार मात्रै काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सानोसोरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार दिनभर उद्धार प्रयास गरिए पनि सोमबार मात्रै उक्त विमान मुस्ताङको थासाङ दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नेपाली सेनाको हेलिकप्टर मार्फत टनास्थलबाट सबै २२ जना यात्रुको शव संकलन गरी पोखरा हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा अहिले मृतकका आफन्तहरू शव बुझ्न भेला भएका छन् ।




प्रकाशित : जेष्ठ १७, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?