१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कैलालीमा श्रीमान–श्रीमती मृत फेला

घटनास्थलमा भेटियो खुकुरी
अर्जुन शाह

धनगढी — कैलालीको अत्तरिया नजिक पर्ने गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पदमा ऐर मंगलबार बिहान मृत फेला परेका छन् ।

श्रीमान घर बाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले बताए । 'बिहान थाहा भएपछि प्रहरी घटनास्थल पुगेको छ,' राठौरले भने ।

प्रहरीका अनुसार घटनाकाे प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा एउटा खुकरी फेला परेको छ ।

घटनाबारे थप अनुसन्धान तथा पोष्टमार्टम गर्ने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?