कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

८१ पत्रकार बने जनप्रतिनिधि, महासंघले सदस्यबाट हटायो

काठमाडौँ — नेपाल पत्रकार महासंघले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्ध गरेको छ । महासंघको उपलब्ध कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासंघको साधारण सदस्यबाट हटाएको हो । महासचिव रोशन पुरीका अनुसार देशभर करिब २ सय पत्रकारले उम्मेदवारी दिएका थिए । तीमध्ये ८१ जना निर्वाचित भए ।

८१ पत्रकार बने जनप्रतिनिधि, महासंघले सदस्यबाट हटायो

महासंघले स्थानीय तह निर्वाचनसहित यसअघिदेखि संघ र प्रदेशमासमेत जनप्रतिनिधि रहेकाहरूको समेत सदस्यता खारेज गर्ने निर्णय गरेको हो । ‘हाल संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ,’ महासचिव पुरीले भने ।

महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरू महासंघको कुनै तहको कार्यसमितिमा पदाधिकारी वा सदस्य भए त्यस्तो पदबाट स्वतः पदमुक्त गर्नेसमेत निर्णय गरेको छ ।

यो निर्णयअनुसार महासंघका दुई केन्द्रीय सदस्यसहित प्रदेश र जिल्ला कार्यसमितिमा रहेका ३० जना पत्रकारको राजीनामा स्वीकृत गरेको छ ।

त्यस्तै, महासंघको साधारण सदस्यमात्रै रहेका तर उम्मेदवारी दिएर पराजित भएका वा फिर्ता भएकाहरूको हकमा भने विधानको व्यवस्था र आचारसंहिताबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने महासंघले जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?