कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
तारा एयर दुर्घटना

विमान दुर्घटनाका बाँकी शव संकलन

घनश्याम खड्का

म्यागदी — मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा विमान दुर्घटनामा सबै मृतकहरुको शव संकलन भएको छ ।

विमान दुर्घटनाका बाँकी शव संकलन

चालक दलका ३ जनासहित २२ यात्रुमध्ये १० वटा शव सोमबारै उद्धार गरी काठमाडौं पुर्‍याइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाँकी १२ वटा शव दुर्घटनास्थलबाट तल कोवाङ बस्तीमा झारिएको छ । 'अब मुचुल्का उठाएर सबै शव काठमाडौं पठाउने तयारी छौं,'शर्माले भने ।

‘विमान दुर्घटनामा ज्यान गुमाएका सबै यात्रुको शव संकलन भएको छ । १० वटा शव हिजै काठमाडौं पठाइयो । बाँकी १२ शव घटनास्थलबाट तल कोवाङ बस्तीमा झार्ने काम भरहेको छ । केहीबेरमा बाँकी शवहरु काठमाडौं पठाउछौं,’ प्रजिअ अधिकारीले बताए ।

यसैबीच विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) समेत फेला पारी काठमाडौं पठाउन लागेको उनले जानकारी दिए ।


प्रकाशित : जेष्ठ १७, २०७९ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?