पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो

केहीबेर उडान अवरुद्ध हुने
प्रतीक्षा काफ्ले

पोखरा — पोखरा विमानस्थल केही समयका लागि अवरुद्ध हुने भएको छ । जहाजमा इन्धन भर्न गएको ट्यांकर धावनमार्ग छेउमा पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले कान्तिपुरलाई बताए ।

पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो

'अहिले क्रेन ल्याएर ट्यांकर उठाउँदै छौं । सरसफाइ पनि चलिरहेको छ । इन्धन पोखिएपनि कुनै किसिमको क्षति भएको छैन । ,' प्रवक्ता सुवेदीले भने । सोही कारण करिब एक घन्टाजस्तो बिहानी सेवाका उडान अवरुद्ध हुने उनले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?