१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

६५५ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण सम्पन्न गरिने

काठमाडौँ — सरकारले आगामी वर्ष ६५५ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ ।

६५५ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण सम्पन्न गरिने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै ६५५ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पताल निर्माणको काम पूरा गर्न १० अर्ब विनियोजन गरेको बताएका हुन् ।

उनले कोभिड महामारीबाट सिकेको अनुभवका आधारमा भावी दिनमा यस्ता महामारीको सहज व्यवस्थापनका लागि सक्षम र प्रभावकारी स्वास्थ्य प्रणालीको विकास गर्ने बताए । उनले पुराना अस्पतालका भवनहरुको मर्मत र पुनर्निर्माणका लागि समेत बजेटको व्यवस्था गरेको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?