२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली मानापाथी हिमालतर्फ

लालप्रसाद शर्मा

पोखरा — सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त भएको हुनसक्ने खबर आएपछि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको खबर आएको नेपाली सेनाले जनाएको छ ।  

तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली मानापाथी हिमालतर्फ

नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम श्रेष्ठले स्थानीयले खबर गरेको भएपनि यकिन भने नभएको बताए । ‘स्थानीयले उक्त स्थानमा जहाज दुर्घटनामा परेको बताएका छन्, लोकेट भयो भन्ने छ’ उनले भने, ‘यकिन भइसकेको छैन । हामी अब त्यस स्थानमा केन्द्रित भएका छौं ।’

थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले दुर्घटनाको आश‌ंका गरिएको स्थानको पहिचान गर्न त्यसतर्फ चारजना गइरहेको बताएका छन् । उनले सेनाले पाएको जानकारी अनुसार त्यसतर्फ उद्दार टोली गइरहेको बताएका छन् ।

हुस्सु लागेका कारण दुर्घटनास्थलमा हेलिकोप्टर जान सकेको छैन । जहाज खोज्न निस्किएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको कोवाङमा अवतरण भएको छ ।

पोखराबाट जोमसोम उडेको तारा एयरको कलसाईन ९ एन इ टी भएको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो ।

आइतबार बिहान बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट उडेको जहाजमा चालक दलका तीनसहित १६ नेपाली र ६ विदेशी नागरिक रहेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?