कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रदेश र संघको निर्वाचनमा जुट्न कार्यकर्तालाई लिङदेनको निर्देशन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रदेश र संघको निर्वाचनमा जुट्न कार्यकर्तालाई लिङदेनको निर्देशन

अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । पार्टी स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई समबोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाएको सन्देश दिन सफल भएको दाबी गरेका थिए ।

अध्यक्ष लिङदेनले भने, ‘आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरुलाई निर्वाचन सकियो भनेर थकाइ मार्ने सुविधा र छुट छैन । भोलि नै निर्वाचन छ भन्ने ठानेर आफ्नो मेहनत बढाउन सबै नेता, कार्यकर्ता साथीहरुलाई आह्वान गर्न चाहन्छु । स्थानीय तहको निर्वाचनमा गणितको हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीले उल्लेख्य संख्यामा जित्न नसके पनि नेपालको राजनीतिमा हाम्रो पार्टी नयाँ शक्तिको रुपमा उदय र विकास भइराखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा नयाँ शक्तिको रुपमा अगाडि आइराखेको छ भन्ने सन्देश दिन सफल भएको छ ।’

प्रकाशित : जेष्ठ १५, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?