३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ताराको सम्पर्कविहीन टि्वनअटर खोज्न हेलिकोप्टर पठाइयो

लालप्रसाद शर्मा

पोखरा — सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ । जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।

ताराको सम्पर्कविहीन टि्वनअटर खोज्न हेलिकोप्टर पठाइयो

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार पोखरा र मुस्ताङबाट छुट्टाछुट्टै टोली खटाइएको छ । लेते पाससम्म विमान आफूहरुको निगरानीमा रहेको र त्यसपछि सम्बन्ध विच्छेद भएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखी खोजी र उद्धार गर्न थालिएको छ । केहीबेरमा नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिने बताएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।

पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरको सम्पर्क बाहिर भएको पुष्टि गरे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।

प्रकाशित : जेष्ठ १५, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?