कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहन्छौं : ओली

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प बोकेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहन्छौं : ओली

पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा आइतबार शुमकामना सन्देशमार्फत अध्यक्ष ओलीले राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाईमा पुऱ्याउने सबैको साथ रहनेसमेत अपेक्षा राखेका छन् । ओलीको सन्देशमा भनिएको छ, 'जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासहरुले अवरोध पुर्‍याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाईमा पुऱ्याउने नेकपा (एमाले) को अभियानमा सम्पूर्णको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु,'

गत आम निर्वाचनबाट बनेको नेकपा (एमाले) नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको उनको दाबी छ । उनले मुलुकमा आफूहरुले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको पनि बताएका छन् ।

जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या/ अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको उनको सन्देशमा छ । मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेको भन्दै ओलीले केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको बताएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?