२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विवाह गरेको भोलिपल्टै नागरिकता पाउने व्यवस्था हटाउन राष्ट्रिय सहमति चाहिन्छ : देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई राष्ट्रिय सहमतिबाट टुंगोमा पुर्‍याउन चाहेको बताएका छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले विवाह गरेको भोलिपल्ट नै अंगीकृत नागरिकता दिने व्यवस्था हटाउन राष्ट्रिय सहमति चाहिने बताएका छन् । 

विवाह गरेको भोलिपल्टै नागरिकता पाउने व्यवस्था हटाउन राष्ट्रिय सहमति चाहिन्छ : देउवा

प्रधानमन्त्री देउवाले वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्थामा अहिले पनि विवाद रहेको बताए । सरकारले नीति तथा कार्यक्रममा नागरिकता विधेयक सहमतिका आधारमा टुंगोमा पुर्‍याउने उल्लेख गरेको थियो । सांसदहरूले पनि उक्त कुरा छलफलका क्रममा उठाएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले भने, 'विवाह गरेको ७ वर्ष, ५ वर्ष, २ वर्षपछि भन्ने कुरा विवादास्पद छ । यसमा राष्ट्रिय सहमति चाहिन्छ । अहिलेसम्मको चलन विवाह गरेको भोलिपल्टै नेपालमा नागरिकता पाउने छ । त्यसलाई हटाउन राष्ट्रिय सहमति चाहिन्छ । सात वर्ष, दुई वर्ष, तीन वर्ष भन्छन्, यस सम्बन्धमा हँचुवाका भरमा ल्याउने कुरा भएन । यसमा राष्ट्रिय सहमति गराएर व्यवस्था हुन्छ ।'

यसअघि नै नेपाली नागरिक भइसकेकाका उमेर पुगेका सन्तानलाई नागरिकता दिने पक्षमा सरकार रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले भने, 'जसका आमाबाबु नागरिक भइसकेका छन् तर छोराछोरी नागरिक छैनन् त्यस सम्बन्धमा धेरै अन्याय हुने कुरा भयो । जसका आमाबाबु नागरिक भइसकेका छन् उनीहरूलाई त नागरिकता दिनुपर्‍यो । त्यस सम्बन्धमा व्यापक छलफल गरेर सहमति गराएर नागरिकता दिने पक्षमा छौं । त्यसमा सबै पार्टीहरूले सहमति दिनुहुनेछ ।'

प्रकाशित : जेष्ठ १४, २०७९ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?