कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छिटपुट घटनालाई लिएर निर्वाचन प्रक्रिया र परिणाममा संशय गर्नु उपयुक्त हुँदैन : प्रधानमन्त्री

'सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा भएका छिटपुट घटनालाई लिएर समग्र प्रक्रियामा प्रश्न उठाउनु उपयुक्त नभएको बताएका छन् । 

छिटपुट घटनालाई लिएर निर्वाचन प्रक्रिया र परिणाममा संशय गर्नु उपयुक्त हुँदैन : प्रधानमन्त्री

सरकारको नीति र कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भने, 'एकैपटक, एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । साधन र स्रोतको सीमितताका बीच पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटपुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुँदैन ।'

जनमतलाई स्वीकार गर्नुको विकल्प नभएको प्रधानमन्त्रीको भनाइ थियो । उनले आग्रह गरे, 'सार्वभौम जनता नै निर्णयाक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन ।'

स्थानीय तह निर्वाचनमा निर्वाचित भई आएकालाई प्रधानमन्त्री देउवाले बधाई दिएका छन् ।

नीति तथा कार्यक्रमामाथि छलफलमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित नभएको आरोप लगाएका थिए । उनले सरकार र सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तह निर्वाचनमा राज्यका संयन्त्र दुरुपयोग गरिएको आरोप लगाएका थिए ।

प्रकाशित : जेष्ठ १४, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?