कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गणित विषयको कार्यशाला सुरु

काठमाडौँ — गणित विषयको प्रवर्द्धनका लागि स्थापित नेपाल गणित समाजले अध्यापकहरु क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा शनिबार भर्चुअलरुपमा कार्यशाला उद्घाटन गरिएको हो ।

गणित विषयको कार्यशाला सुरु

उद्घाटन सत्रमा मन्तव्य राख्दै महानिर्देशक न्यौपानेले यस्ता कार्यशालाबाट सहभागीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले पाठ्यक्रम विकास केन्द्र नेपाल गणित समाजसँग सहकार्यका लागि तयार रहेको पनि बताए ।

यस्तै निक साइमन्स इन्सिटिच्युटका कार्यकारी निर्देशक अनिलबहादुर श्रेष्ठले नेपाल गणित समाजसँग साइमन्स फाउन्डेसनले सहकार्यका लागि सहजीकरणको भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयका शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रम साइमन्स फाउन्डेसनको सहयोगमा अमेरिकाका विद्यालयहरूमा समेत सञ्चालन गरिएको उल्लेख गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि आयोजना हुने र निक साइमन्स फाउन्डेसनले गणित समाजलाई सघाउने आश्वासन दिए ।

राष्ट्रिय परीक्षा बोर्डका सहसचिव सुवास पन्थले गणित सबैको जीवनको अभिन्न अंग भएको तर समाजमा हाउगुजीको रुपमा रहेको भन्दै यस्ता कार्यशालामार्फत गणित सरल तथा आवश्यक विषय भएको सन्देश समाजमा लैजानुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा गणित विषय समितिका अध्यक्ष प्रा. रामजीप्रसाद पण्डित, गणित समाजका निवर्तमान सभापति प्रा. चेतराज भट्टले पनि गणित विषयको महत्त्वका विषयमा आफ्ना धारणा राखेका थिए ।

कार्यशालाका प्रशिक्षकहरुका तर्फबाट गणित समाजका उपसभापति श्रीराम खड्का, सचिव परमेश्वरी कट्टेल र केपी घिमिरेले कार्यशालामा तर्जुमा गरिएका विषयवस्तुबारे प्रस्ट्याएका थिए ।

कार्यक्रम सञ्चालक कार्यशाला तथा सम्मेलन उपसमितिका संयोजक तथा समाजका सदस्य जीवन काफ्ले कार्यशालामा राखिएका विषयवस्तुमाथि प्रकाश पारे । गणित समाजका अध्यक्ष प्रा नारायणप्रसाद पहारीले कार्यक्रमका अतिथिहरू एवं सहयोगीहरूलाई धन्यवाद दिँदै कार्यशालामा सक्रियरुपमा सहभागी भइदिन आग्रह गरे । कार्यशालामा विभिन्न क्याम्पसहरुका ४० जना अध्यापकहरू सहभागी छन् ।

पहिलो चरण जेठ १४ देखि १७ गतेसम्म भर्चुअलरुपमा सञ्चालन हुने गणित समाजकी आजीवन सदस्य सुष्मिता पाठकले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा प्रत्यक्षरुपमा जेठ २६ देखि २८ गतेसम्म इलाममा हुनेछ ।

गणितप्रति विद्यार्थीहरूको रुचि बढाउने र गणितलाई जीवनोपयोगी बनाउने उद्देश्यसहित गणित समाज २०३५ सालमा स्थापना भएको हो ।

प्रकाशित : जेष्ठ १४, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?