कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ओलीको दम्भ र निषेधात्मक प्रवृत्ति नभए एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन छैन : दाहाल

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिसँग काम गर्न असहज भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएको बताएका छन् । उनले ओलीले घोचपेचको प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिएका छन् । 

ओलीको दम्भ र निषेधात्मक प्रवृत्ति नभए एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन छैन : दाहाल

दाहालले प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सहभागी हुने क्रममा ओलीलाई आफ्नो प्रवृत्ति सुधार्न सुझाव दिएका छन् । 'मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास छ अहिले पनि । यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन,' दाहालले भने ।

यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, संघीय र प्रदेश सरकार गुमाएको कुरालाई लिएर ओलीले आत्मसमीक्षा गरी वामपन्थी एकताको कुरा गर्ने अपेक्षा गरेको तर त्यसो नभएको बताए । 'वामपन्थी एकता, गठबन्धनले भनेको, अदालतले भनेको कुरामा पुनर्समीक्षा, पुनरावलोकन गर्नुहुन्छ कि भन्ने लागेको थियो । तर ३ घण्टा गाली गर्ने अरुलाई बदनाम गर्ने र धेरै झुट बोल्ने गर्नुभयो,' उनले भने ।

प्रकाशित : जेष्ठ १४, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?