२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

राजदूत खत्री र अमेरिकी रक्षा उपसहायक मन्त्री फोर्डबीच भेटवार्ता

काठमाडौँ — नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेको बेला वासिङ्टन डीसीमा भने अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले त्यसको पूर्वतयारी स्वरुप अमेरिकी रक्षा उपसहायक मन्त्री लिन्डसे फोर्डसँग भेटवार्ता गरेका छन् ।

राजदूत खत्री र अमेरिकी रक्षा उपसहायक मन्त्री फोर्डबीच भेटवार्ता

उनीहरुबीच बुधबार वासिङ्टन डीसीस्थित पेन्टागनमा भएको भेटमा नेपाल र अमेरिकाबीच द्धीपक्षीय सम्बन्ध र रक्षा सहाकार्यको विषयमा छलफल भएको हो ।

उपसहायक मन्त्री फोर्डले रक्षा मन्त्रालयको दक्षिण र दक्षिण पूर्व एसिया हेर्छिन् । उनीसँगको भेटवार्तामा नेपाली सेना र अमेरिकी सेनाबीच रक्षा सहाकार्य तथा संलग्नताका सम्बन्धमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

दुई मुलुकबीच कुटनीतिक सम्बन्धको ७५ वर्षको उपलक्ष्यमा नेपाल र अमेरिका दुवै मुलुकहरुबाट उच्चस्तरमा भ्रमण हुने गरी गृहकार्य भइरहेको छ । जसअन्तर्गत नेपालबाट प्रधानमन्त्री र प्रधानसनोपतिको अमेरिका भ्रमण हुन लागेको हो ।

प्रकाशित : जेष्ठ १३, २०७९ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?