कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतद्वारा मुस्ताङको लोमान्थाङमा गुम्बा विद्यालयको स्तरोन्नति

काठमाडौँ — भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गााउँपालिका ३ छोनहुपस्थित श्रीपाल एवं नाम्ग्याल गुम्बा विद्यालयको भवन स्तरोन्नति भएको छ । स्तरोन्नतिपछि शुक्रबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामज्ञ सी खम्पाले उक्त भवनको उद्घाटन गरेकी छन् ।

भारतद्वारा मुस्ताङको लोमान्थाङमा गुम्बा विद्यालयको स्तरोन्नति

उक्त समारोहमा उनले विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्ससमेत प्रदान गरिन् । भारतीय राजदूतावासका अनुसार ‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रम एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजनाअनुरुप भारत सरकारको अनुदान सहयोगमा २ करोड ६३ लाख रुपैयाँ लागतमा उक्त भवन स्तरोन्नति भएको हो ।

जिल्ला समन्वय समिति मुस्ताङले यस परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘भारतएट७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक रहेको दूतावासले जनाएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५ सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४ सय ७० वटा परियोजना सम्पन्न भइसकेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तीमध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?