१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना

दाहाललाई टाउकोमा सामान्य चोट लागेको बहिनी गंगाको भनाइ

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो । 

भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना

दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन् । 'त्यस्तो ठूलो चोट होइन, सुमेरु अस्पतालमा सामान्य उपचारपछि हामी घर जाने तयारीमा छौं,' उनले भनिन् ।

दाहाल भरतपुरको मेयरमा पुन: निर्वाचित भएपछि काठमाडौं आएकी हुन् । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडीको दुर्घटनामा परेको हो । गाडी अगाडिको भागमा क्षति पुगेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?