२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सल्यानमा बस दुर्घटना : १० जना घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । एक जनाको अवस्था भने गम्भीर रहेको छ । 

सल्यानमा बस दुर्घटना : १० जना घाइते

बाग्चौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाग्चौर नगरपालिका–२ शारदा खोलानजिकै दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना र एक जना मोटरसाइकलमा सवार व्यक्ति पनि छन् ।

घाइतेमध्ये सात जना बाग्चौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । ओरालोमा रोकेर चालक साइड हेर्न जाँदा बस आफै गुडेर भित्तामा ठोक्किएको प्रहरीले बताएको छ । बसले मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?