२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कांग्रेस महामन्त्री शर्मा भन्छन् : बालेन एक्लै हुन् वा एक्लै छन् नसोचौँ

'बालेनलाई दिउँ बधाई ! बदलौँ आफूलाई !'

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा वालेन्द्र साह(बालेन) को विजयले राजनीतिक दलहरूलाई सकारात्मक ढंगले दबाब दिएको बताएका छन् ।

कांग्रेस महामन्त्री शर्मा भन्छन् : बालेन एक्लै हुन् वा एक्लै छन् नसोचौँ

बालेनको जितले बदलिएको समयअनुरुप राजनीतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्दति सबैले आफूलाई बदल्नुपर्ने समय आएको उनले बताएका हुन् । शुक्रबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनले लेखेका छन्, 'बालेनलाई दिउँ बधाई ! बदलौं आफूलाई !'

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले वैकल्पिक राजनीतिको नारा र दल भने नरोजेको शर्माको भनाई छ । 'अवस्थाप्रति रुष्ट मतदाताले व्यवस्थाकै विकल्प खोज्न चाहनेलाई रोजेनन् । नत्र वैकल्पिक राजनीतिको नारासहितको दल र उम्मेदवारको उपस्थिति मैदानमा थियो अनि व्यवस्थाकै विकल्पको नारासहितको दल र उम्मेदवार पनि मैदानमा थिए ।'

काठमाडौंका मतदाताले दिएको सन्देश गहन रूपले आत्मसात गर्नुपर्ने पनि उनको भनाई छ । 'मतदाताले विजयी बनाइसकेपछि बालेन एक्लै हुन् वा एक्लै छन् नसोचौँ । जनताको काममा जननिर्वाचित मेयरलाई सघाऔं,' शर्माले लेखेका छन् । बालेनको जित आफूहरूको पराजय मात्र नभई उनीप्रति जनताको आशा र विश्वासको जित पनि भएको उनले बताएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?