कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ओलीले सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्नुभयो : सांसद विश्वकर्मा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रमबाट सत्ताबाट बाहिरिँदाको कुण्ठा र पूर्वाग्रह व्यक्त गरेको सत्तारुढ कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले बताएका छन् ।

ओलीले सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्नुभयो : सांसद विश्वकर्मा

प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग बोल्दै सांसद विश्वकर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकतासँग बसेर गफ दिएको जस्तो ओलीको प्रस्तुति रहेको टिप्पणी गरेका थिए ।

प्रतिपक्षले सरकारको नीति र कार्यक्रममाथि गरेको टिप्पणी सामान्य रूपमा लिइने पनि विश्वकर्माको भनाइ थियो । 'आफ्ना कार्यकर्तासँग बसेर गफ गरेजस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो । कहाँको नीति तथा कार्यक्रम छ कहाँ अदालतको आदेश छ,' ओलीको अभिव्यक्तिमा विश्वकर्माको टिप्पणी थियो, 'हुँदै नभएको कुरालाई उखान टुक्कासँग जोडेर गरेका गफ र कुण्ठा अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन । प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रम प्रतिको टिप्पणी हो । त्यो गर्नु भएको छ त्यसलाई सामान्य रुपमा लिन्छौं ।’

सांसद् विश्वकर्माले पूर्वपधानमन्त्री ओलीको भाषण प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम प्रतिको टिप्पणीका रुपमा सरकारले लिने बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारको नीति तथा कार्यक्रममाथि ३ घण्टाभन्दा बढी बोलेका थिए । उनले सरकारको नेतृत्व गरिरहेको कांग्रेसको आलोचना गरेका थिए भने सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप लगाएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७९ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?