१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

ज्योति कटुवाल

दैलेख — दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

उनले कान्तिपुरसँग भने, 'सुर्खेतबाट आउँदै गरेको बस दुर्घटना भएको छ ।४ जनाको शव भेटिएको छ ।'

निवर्तमान मेयर उपाध्यायका अनुसार बस यात्रुले खचाखच भरिएका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

घटनास्थलमा पुगेका सशस्त्र प्रहरीका इन्स्पेक्टर बालकृष्ण श्रेष्ठले अँध्यारो भएकोले उद्धार कार्य कठिनाइ भएको छ । उनका अनुसार बसमा झन्डै ५० देखि ६० जना सवार रहेको अनुमान छ । ३४ जना आठबीसकै मेडिकलमा उपचार भइरहेको र २३ जना सुर्खेतको प्रदेश अस्पतालमा रिफर गरिएको छ ।

बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस बुधबार राति ८ बजेतिर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?