नीति तथा कार्यक्रम

लैंगिक अल्पसंख्यकको समस्या सम्बोधन गर्न जिल्लास्तरीय इकाइ

काठमाडौँ — सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवम् यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्या सम्बोधन गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा जिल्लास्तरीय समन्वय इकाइ व्यवस्था गर्ने भएको छ ।

लैंगिक अल्पसंख्यकको समस्या सम्बोधन गर्न जिल्लास्तरीय इकाइ

मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा बालन्याय प्रणालीलाई प्रभावकारी बनाउँदै थप बाल सुधार गृह निर्माण तथा मौजुदा बाल सुधार गृहको भौतिक पूर्वाधारलाई स्तरोन्नति गर्ने उल्लेख छ ।

राज्यका आधारभूत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने, दुर्गममा जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई नि:शुल्क हवाई उद्धार, हिंसापीडितको तत्काल उद्धार, पुन:स्थापना र परिवारमा पुन: एकीकरण तथा आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी र व्यवस्थित बनाउने सरकारको नीति तथा कार्यक्रम छन् ।

बालबालिकालाई शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच अभिवृद्धि गरिने भएको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गर्ने, राष्ट्रिय ज्येष्ठ नागरिक नीति तर्जुमा गर्ने, सामाजिक संघसंस्थाका पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्दै दुर्गम, लक्षित वर्ग एवम् राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने भनिएको छ । अति विपन्न, दलित, लोपोन्मुख, सीमान्तकृतका लागि किफायती र वातावरणमैत्री आवास उपलब्ध गराउने अभियान चलाउने उल्लेख छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?