कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

११ अग्रज कर्मचारीहरूलाई सम्मान गर्दै परराष्ट्र सेवा दिवस मनाइयो

काठमाडौँ — परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रालयमा काम गरेका ११ जना अग्रज कर्मचारीहरूलाई सम्मान गर्दै पहिलो पटक परराष्ट्र सेवा दिवस मनाएको छ ।

११ अग्रज कर्मचारीहरूलाई सम्मान गर्दै परराष्ट्र सेवा दिवस मनाइयो

मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउद्देश्यीय भवनमा आयोजित कार्यक्रममा २०१८ साल र सोभन्दा अगाडि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरूलाई सम्मान गरेको हो । उनीहरूलाई परराष्ट्र मन्त्री नारायण खड्का र सचिव भरतराज पौड्यालले दोसल्ला ओढाएर सम्मान गरे ।

२०१८ सालमा नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरू तर्जुमा भई जेठ १० गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो । सोही दिनको संस्करणमा मन्त्रालयले पहिलो पटक परराष्ट्र सेवा दिवस मनाएको हो ।

कार्यक्रममा मन्त्री खड्काले आजको दिन मन्त्रालयको लागि पर्वको रुपमा रहेको बताए । साथै, उनले एउटा विशिष्ट खालको सेवाको ऐन पनि बनाउनु पर्ने बताए । सचिव पौड्यालले अग्रजहरूले विगतमा गरेको कामलाई लिएर धन्यवाद व्यक्त गरेका थिए ।

प्रकाशित : जेष्ठ १०, २०७९ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?